बाल यौन दुर्व्यवहारको आरोपी ४ लाख धरौटीमा रिहा

विराटनगर । दुई जना छात्रालाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित एक मदरसाका मोलबीलाई मोरङ जिल्ला अदालतले ४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

विराटनगर–८ अशोक चौकस्थित मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयका मोलबी ४१ वर्षीय अमिरुदिन भन्ने महमद अमिर मियाँलाई मोरङ जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालाको इजालशले मंगलबार धरौटिमा छोड्न आदेश दिएको हो ।

प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा अदालतमा अभियोग दर्ता भएपछि मंगलबार बयान सकिएको र थुनछेक बहस भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनुभयो ।

थुनछेक बहसमा बादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस सकिएपछि अदालतको आदेशले प्रतिवादीलाई धरौटीमा छोड्न आदेश आएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । अदालतले तोकेको धरौटी रकम बुझाएपछि मोलबी अमिर मंगलबार नै रिहा भएका छन् ।

मङ्गलबार, ०६ साउन, २०७७, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर