विराटनगर । पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक निर्णय नगरी पुनः १३ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिकाबीच दिउँसो १ बजेदेखि सुरु भएको बैठक बाढी–पहिरो पीडितको उद्धारका लागि खट्न कार्यकर्तालाई आव्हान गर्दै स्थगित भएको हो ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको फोन संवादपछि बैठक सारिएको बताइएको थियो।
केही दिनअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा राखेपछि नेकपाको आन्तरिक विवाद महाधिवेशनतिर मोडिएको थियो ।
नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद जारी छ ।