बक्राहा खोलाले बाँध कटान गरेपछि ४ घरपरिवार विस्थापित

विराटनगर । बक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका उच्च जोखिममा परेको छ ।

बाँध कटान गरेपछि आएको बाढीमा परि सुनबर्षी–७ का ४ घरपरिवार विस्थापित भएका छन । केहीदिन यता जारी बर्षाका कारण नदीको जलस्तर उच्च भएसँगै यस क्षेत्रका १ सय ५० घरपरिवार बाढीको उच्च जोखिममा परेका छन ।

अविरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साईट बाध कटान गरेपछि १ सय ५० परिवार जोखिममा परेका हुन । खोलाले कटान गरेपछि विस्थापित भएका सतारु ऋषिदेव, विलाश ऋषिदेव, वरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवारलाई ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाका अनुसार बक्राहाले बाँध कटान गरेपछि थप सुरक्षा र सतर्कता अपनाईएको छ । पानीको बहाव घटेका कारण तत्काललाई जोखिम केही हदसम्म न्युनीकरण भएपनि समस्या भने पुर्ण रुपमा समाधान नभएको उहाँको भनाई छ ।

मोरङ प्रहरीले भने बाँध कटान गरेका कारण जोखिममा परेका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

मङ्गलबार, ०६ साउन, २०७७, दिउँसोको ०२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर