पार्टी एकता तोड्न खोज्नेहरु दुष्प्रचारमा लागेको शर्माको आरोप

विराटनगर । दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टी एकता तोड्न खोज्नेहरुले दुष्प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै नेता शर्माले पार्टी एकताबाट मर्माहत प्रबृत्ति पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएको बताउनुभएको छ ।

पछिल्लो समय पार्टी एकता कायम राख्दै निकासका लागि विभिन्न विकल्पहरुमा छलफल गर्ने र सहमतिको वातावरण तयार पार्न सक्रिय रहनुभएका नेता शर्माले आफुले कुनै पद प्राप्त गर्न नभई पार्टी एकता र आन्दोलनको रक्षाको पक्षमा दृढतापूर्वक लागिपरेको पनि बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ ‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु । ’

सोमबार, ०५ साउन, २०७७, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर