थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६५९१

विराटनगर । पछिल्लो २४ घण्टामा ‍‍नेपालमा ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

सोमबार अहिलेसम्मै सबैभन्दा धेरै ४५१ जना संक्रमित थपिएका थिए। संक्रमितमध्ये ११ सय ९८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

मंगलबार महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अर्घाखाँची र बर्दियाका ९÷९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४÷४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २–२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक–एक जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।

मङ्गलबार, ०२ असार, २०७७, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर