विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सुरक्षामा खटिने मोरङको चार वटा प्रहरीको युनिटलाई मेडिकल मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेको चार वटा इलका प्रहरी कार्यालयमा रहेका प्रहरीलाई संघले मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो ।
संघले शुक्रबार इलाका प्रहरी कार्यालय पथरीमा सेनिटाइजर, माक्स र पन्जा वितरण गरेको हो । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री इप्रका पथरीका प्रमुख डिएसपी दिलिप गिरीलाई हस्तान्तरण गर्नुभयो । संघले हस्तान्तरण गरिएको सामाग्री ड्युटिमा खटिने प्रहरीलाई वितरण गरिने डिएसपी गिरीले बताउनु भयो ।
यसअघि इप्रका बेलबारी, रङ्गेली, उर्लाबारी प्रहरी प्रमुखहरू भेटेर सेनिटाइजर, माक्स र पन्जा वितरण गरिसकेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनुभयो । संघका अध्यक्ष तिम्सिनाको नेतृत्वमा पदाधिकारीहरूले स्वास्थ्य सामाग्री वितरण गर्दै पूर्व आएको हो ।
सुरक्षामा खटिने प्रहरी युनिटलाई संघले १० लिटर सेनिटाइजर, मेडिकल मास्क र पन्जा बितरण गर्दै आएको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न जनताको सुरक्षामा खटिने प्रहरीलाई संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।