राष्ट्रपति र प्रधानमन्त्रीको तलब कटौतीको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारले ल्याएको बजेटमाथि बोल्दै सांसद संग्रौलाले कर्मचारीको भत्ता काटिने तर राष्ट्रपति, प्रधानमन्त्री र मुख्य ब्यक्तिको तलब काट्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्नुभयो ।

‘हामीले बजेटमा मितब्ययितता गरेको भन्दै भत्ता कटौती पनि गरिएको छ । तर यो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, प्रमुख व्यक्तिको भत्ता कतौटी गर्नु पर्छकि पर्दैन ?’, बजेटले विभेद गरेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलले यो सांसद विकास कोष कोरोना रोकथाम कोषमा ल्याउभन्दा अर्थमन्त्रीले आँखा चिम्लनु भएको छ ।’

अर्थमन्त्रीले विनियोजन गरेको बजेटको शीर्षक हेर्दा अपारदर्शी, असन्तुलित, परम्परागत र संघीयता विपरित रहेको उहाँले बताउनु भयो ।

संग्रौलाले बजेट जनउत्तरदायी भन्दा पनि कार्यकर्ताप्रति उत्तरदायी रहेकोले विनियोजित विधेयकमाथि विचार गर्न नसकिने टिप्पणी गर्नुभएको थियो ।

सोमबार, १९ जेठ, २०७७, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर