मजदुर सवार गाडी दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौं । भारतबाट मजदुरी गरेर फर्किएकाहरु चढेको यात्रुबस दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा १२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु चढेको यात्रुबस आइतबार राति दुर्घटना भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार राति करिब ११ बजेतिर दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ भने शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सोमबार, १९ जेठ, २०७७, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर