ससुराली बस्दै आएका युवाको हत्या

धरान । सुनसरीको बराहक्षेत्र ३ स्थित ससुरालीमा बस्दै आएका एक व्यक्तिको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र ३, बांगेमा बस्दै आएका झापाको दमकका ३७ बर्षीय कमल राईको शुक्रबार राति हत्या भएको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालका अनुसार प्रारम्भिक अनुसन्धानमा उनको पुरानो रिसइबीबाट हत्या भएको खुलेको छ । घटनाको अनुसन्धान तथा सोधपुछको लागि ७ जना नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका २ जनाको घटनामा संलग्नता हो कि भन्ने देखिएको प्रहरीले जनाएको छ । उनीहरु परिवारकै सदस्य रहेको प्रहरी स्रोतले जनाएको छ ।

बिहानैदेखि उनीहरुले मदिरा पिएको र साँझ छुटेर गएकोमा पुनः भेट भएपछि पुरानो रिसइबीले कुटेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
मृतक राई दमक बसाई सरेपनि उनको आमा बराहक्षेत्रको बांगेस्थित ससुरालीमा बस्दै आएका थिए ।

मृतकले दोस्रो विवाह गरेको बताइएको छ ।

शनिबार, १७ जेठ, २०७७, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर