लोड हुँदैछ...

मेनु

एकल महिला र अपाङ्गताको सामाजिक सुरक्षा भत्ता नकाटिने

एकल महिला र अपाङ्गताको सामाजिक सुरक्षा भत्ता नकाटिने

विराटनगर । सरकारले सबै प्रकारको एकल महिला र अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाका लागि विगतमा दिइदै आएका सबै प्रकारका भत्तालाई निरन्तरता दिने घोषणा गरेको हो ।

६० वर्ष उमेर नपुगेका एकल महिला र निलो कार्डधारी अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको भन्दै विरोध भइरहेको बेला सरकारले बजेट मार्फत त्यसलाई सच्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।