विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको दुबै सदनमा पेश गर्नुभएको बजेट चालु वर्षको भन्दा कम छ ।
चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षको लागि कुल विनियोजन मध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४.४ प्रतिशत रहेको छ भने पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात ११.७ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षमा श्रोत व्यवस्थापनतर्फ राजस्वबाट ८ खर्ब ७९ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड उठ्ने अर्थमन्त्रीको अनुमान छ । राजश्व र अनुदानभन्दा बजेट ५ खर्ब ५० अर्ब २४ करोड बढिको रहेकोले त्यसको पुर्तिका लागि वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड र आन्तरिक ऋण २ अर्ब २५ अर्ब उठाउने उहाँले बताउनुभयो ।
बजेट भाषणको पूर्णपाठ