विराटनगर । सरकारले आगामी वर्ष देशभरका २६ लाख विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रममा समेट्ने भएको छ । त्यसका लागि सरकारले २ अर्ब बजेट विनियोजन गरेको छ ।
यसैगरी सरकारले साना विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रमलार्य विस्तार गरेको छ । त्यसका लागि ७ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएको बताउनुभएको छ । उहाँले आगामी वर्ष नेपाललाई साक्षर नेपाल घोषणा गर्ने पनि बताउनुभएको छ ।