विराटनगर । नारायणी अस्पताल वीरगञ्जको आइसोलेसन वार्डको शौचालयबाट भागेका दुई मध्ये एक जना कोरोना संक्रमित प्रहरीले पक्राउ गरेको छ ।
तिलाबे खोला नजिकबाट प्रहरीले नियनत्तणमा लिएको हो । अर्का फरार संक्रमित भने अझै पक्राउ परेका छैनन् । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अर्का फरारी पनि छिट्टै पक्राउ पर्ने दावी गर्नुभएको छ ।
बुधबार अपरान्ह ४ बजेको समयमा आइसोलेसन वार्डको शौचालयको भेन्टिलेसनबाट दुवै संक्रमित भागेका थिए । फरार भएका दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुबै संक्रमित फरार भएका हुन् ।