शनिबार, कार्तिक २२, २०८२
☁️ 14°C Few Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
दाना अभावमा ५०० कुखुरा मरे

दाना अभावमा ५०० कुखुरा मरे

हाम्रोमत
हाम्रोमत बैशाख ३१, २०७७
0 min read
इटहरा । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको त्रासले अहिले जनजीवन अस्तव्यस्त बनेको छ ।
कोरोना भाईरसको संक्रमण फैलिनबाट बच्नको लागि नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ । यसको जोखिमबाट बच्न अहिले नेपालमा पनि लकडाउन गरिएको छ । जसले गर्दा मानिसहरु घरभित्रै बस्न बाद्य छन । लकडाउनले सबैतिर बन्द हुँदा त्यसको प्रत्यक्ष मारमा कुखुरा पालक किसानहरु पनि परेका छन् । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ मा सिता कृषि फार्म सञ्चालन गर्दै आउनुभएकी पार्बता पराजुलीको लकडाउनका कारण कुखुरा बिक्री नभएपछि सबै कुखुरा मरेर सखाप भएका छन् ।
लकडाउनका कारण तयार भएको बोईलर कुखुराले बजार नपाएपछि र चारो अभावका कारण आफूले घाटा बेहोर्नु परेको पराजुीले गुनासो गर्नुभयो । कुखुराजन्य पदार्थ अतिआवस्यक बस्तुमा पर्ने भएपनि कुखुराको कारोबार सहज हुन नसकेको पराजुलीको गुनासो छ । पराजुलीले गत चैत ७ गते ५ सय बोइलर कुखुरा हाल्नुभएको थियो । चारो र बजार अभावका कारण सबै कुखुरा मरेपछि पाबर्तीलाई अहिले ऋण कसरी तिर्ने भन्ने समस्या छ । कुखुरा सामान्यताया ४०– ४५ दिन देखि बच्न सुरु गरीने बोईलर कुखुरा तयारी अवस्थामा हुँदा पनि बेच्न नपाउँदा कुखुरा मरेको उहाँको भनाई छ । कुखुरा तयार भएपनि बजारको समस्याले गर्दा धेरै समस्या भएको उहाँले बताउनुभयो ।
लकडाउनले गर्दा अत्यावस्यक बस्तुमा पर्ने कुखुराको दाना सहज रुपमा ढुवानी नहुँदा किसानहरुले कुखुरालाई दाना दिन सकेका छैनन् । ‘मेरो ५२ – ५३ दिनको कुखुरा थियो । दानाको अभाव भएर न्यून मात्रामा दाना दिइरहेको थिँए ।’ उहाँले भन्नुभयो – ‘सरकारले दाना ढुवानी नरोक्ने भनेको त छ तर अहिलेसम्म सहज भएको छैन ।’ उहाँले २० – २२ वटा जति मात्र कुखुरा गाँउघरका बेच्न भ्याएको बताउनुभयो । पराजुलीले दान नपाएर कुखुरा मरेको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘कुखुरा दाना खान नपाएर मरिसके सरकार भन्छ कुखुराको चल्ला दाना ओसार–पसारमा रोक छैन ।’
लाखौ खर्च गरेर पालेका कुखुरा मर्दा ठुलो नोक्साने बेहोर्नु परेको पराजुलीले बताउनुभयो । चारो नभएपछि मकै हाल्न बाध्य “५०– ६० दिन पाल्दा समेत लकडाउनले बजार ठप्प भएकाले कुखुरा बिक्री गर्न समस्या पर्दै आएको छ,” उहाँले दुखेसो गर्नुभयो, “दाना अभाव भएपछि मकै पिसेर हाल्न बाध्य भएँ ।” आफूले दाना अभावमा न्यून दाना कुखुरालाई दिएर पालिरहेको थिए, कुखुरा पालक किसान पार्बता पराजुलीले भन्नुभयो, दाना सकिएपछि मकै हाल्नु परेपछि मकै अड्किएर सबै कुखुरा मरे ।
लकडाउन खुल्छ होला भन्दै ४० – ४५ दिनसम्म जसोतसो दाना जोहो गरे तर खुलेन । आर्थिक अभावका कारण नै उहाँले मकै हाल्न बाध्य भएको बताउनुभयो । बेलुका मकै पसिेर हालेको थिँए उहाँले भन्नुभयो, बिहान आउँदा २०० जति कुखुरा मरिरहेका थिए, त्यसरीनै सबै कुखुरा मरे ।
हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

माओवादीले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

हाम्रोमत
हाम्रोमत पुस २०, २०७८
माओवादीले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

उपभोक्ता ठग्ने सेन्ट्रल बजारलाई २ लाख जरिवाना

हाम्रोमत
हाम्रोमत कार्तिक २६, २०७७
उपभोक्ता ठग्ने सेन्ट्रल बजारलाई २ लाख जरिवाना

निशान छाप परिवर्तनका लागि आज संविधान संशोधन विधेयक संसदमा पेस हुँदै

हाम्रोमत
हाम्रोमत जेष्ठ १८, २०७७
निशान छाप परिवर्तनका लागि आज संविधान संशोधन विधेयक संसदमा पेस हुँदै

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio