लोड हुँदैछ...

मेनु

आमा र दिदीको हत्या गर्ने भिनाजुको हत्या

आमा र दिदीको हत्या गर्ने भिनाजुको हत्या

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा चोखानेका ४७ वर्षीय पृतिलाल राईको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पृतिलाल राईको हत्या उनकै सालाहरु २७ वर्षीय मिलन राई र २० वर्षीय जीवन राईले गरेको प्रहरीले जनाएको छ । बिहीबार साँझ ढुंगाले हिर्काएर उनीहरुले भिनाजुको हत्या गरेका हुन् ।

आफ्नै श्रीमति र सासुको हत्या गरेको अभियोगमा जेल सजाय काटेर निस्किएका पृतिलालको बदला लिन हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायण चिमोरियाका अनुसार पृतिलालले २०६४ कार्तिकमा श्रीमति र सासुको हत्या गरेपछि ९ वर्ष जेल परेका थिए ।

२०७३ जेठमा जेलमुक्त भएका भिनाजुसँग सालाहरुको बिहीबार साँझ झगडा भएको थियो । खोटाङ कारागारमा जेल सजाय भुक्तानपछि निस्किएका भिनाजुलाई पहिलोचोटी भेटेका दाजुभाइले हत्या गरेका हुन् ।

पृतिलाल सुनसरीको तरहरामा बस्दै आएकोमा लकडाउनअघि खार्तम्छा आएको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाक्रम हेर्दा बदलाको भावनाले हत्या गरेको देखिएको बताउँदै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।