तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक ईसिबु १ मा बाबुआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

बिहीबार साँझ बाबुआमाको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय कंचन लिम्बुलाई नियन्त्रणमा लिएको हो।

हत्या गरेर भाग्दै गरेको अवस्थामा कंचनलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो। घरायसी विवादका क्रममा ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र आमा ३५ वर्षीय ईसा खापुङ लिम्बुलाई बञ्चरोले हानेर हत्या गरेको आरोप उनीमाथि छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते दम्पतीको घटनास्थलमै मृत्यु भएको थियो । मृतक ईसाको ७ महिनाको नाबालक छोरीसमेत रहेको बताइएको छ ।

पक्राउ परेका लिम्बूमाथि अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो ।