विराटनगर । सरकारले लकडाउन बढाएको विरोध र राहतको माग गर्दै विराटनगर–१५ स्थानीय सडकमा आएका छन् । सडकमा आएका सर्वसाधरणको भीडका कारण अत्यावश्यक सवारी साधन पनि रोकिएका छन् ।
विराटनगर–जोडवनीको मुख्य राजमार्गबाट आइसिपी प्रवेश गर्ने सडकमा उनीहरु धर्ना तथा प्रदर्शनमा बसेका हुन् । सरकारको चर्को विरोध गर्दै उनीहरुले बच्चालाई दूध पिलाउन नपाएको, चामल सकिएको र चुल्हो बल्न छोडेको भन्दै सडकमा प्रदर्शन गरेका हुन् ।
विराटनगर १५ कि रानुदेवी यादवले आफूले अहिलेसम्म राहत नपाएको बताइन् । उनले महानगर प्रमुख भीम पराजुलीलाई जानकारी गराउँदा पनि राहत नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आफूहरु ५८ घर परिवार राहतबाट छुटेको उहाँको दाबी छ । ‘गोदाममा यति चामल छ उति छ भनेका छन्, त्यो चामल काहाँ गयो ? आफूहरुलाई खाना नपाएर समस्या भयो,’ उहाँको भनाइ छ ।
विराटनगर १५ कै रामचन्द्र भगतले आफूहरु भोकै परिरहेको भन्दै सरकार विरुद्ध आक्रोश व्यक्त गर्नुभयो । ‘हामी भोकै बसिरहेका छौं, म सुनिरहेको छु । जनताका लागि यति अरब रुपैयाँ आयो यति अरब रुपैयाँ आयो भनेर, हामी भने रोडमा आएका छौं,’ भगतले भन्नुभयो, ‘प्रधानमन्त्रीले यसो भनेको छ उसो भनेको छ । यस्तो हुन्छ प्रधानमन्त्री ? जनताले के पाएको छ ? हामी किन रोडमा आएका हौं ? केही थाहा छ ? ।’
https://www.facebook.com/hamromatpati/videos/523620325189026/