विराटनगर । लकडाउनले गर्दा घरमा बसेका विद्यार्थीहरुलाई अनलाइन कक्षा दिने विषयमा विवाद बढ्दै गएको बेला विराटनगर महानगरपालिकामा भने ‘दूरशिक्षा’ कक्षा सञ्चालन गरिने भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना र निजी संघसंस्थाको सहयोगमा टेलिभिजन र एफएमबाट प्रत्यक्ष प्रशारण गरी दूर कक्षा सञ्चालन गरिने भएको हो ।
महानगरले प्याब्सन विराटनगर, हिसान मोरङ, एनप्याब्सन मोरङ र नेपाल शिक्षक महासंघसँगको सहकार्यमा बिहीबारदेखि दूरशिक्षा कक्षा सञ्चालन गर्ने भएको छ । मकालु टेलिभिजन र रेडियो पूवेर्ली आवाज ९८ थोप्ला ४ मेगाहर्जबाट दैनिक ५ घण्टा कक्षा संचालन हुनेछ । उक्त रेडियोमा कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली विषयको कक्षा सञ्चालन हुने कार्यक्रम संयोजक तथा प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिभिबाट गणित, विज्ञान र सामाजिक विषयको पढाइ हुनेछ । अंग्रेजी र नेपाली विषय एफ.एम.बाट हुनेछ । वैशाख २५ देखि टेलिभिजनमा विहानमा ११ बजेदेखि साढे १ बजेसम्म र एफएममा दिउँसो २ देखि साढे ४ बजेसम्म पढाइ हुनेछ ।
राज्यले कोरोना भाइरसबाट बच्न लकडाउन गरिएकोले घरमा बसेका विद्यार्थीलाई पठन–पाठनमा अभिरुची बढाउन दूरकक्षा सञ्चालन गरिने शैक्षिक प्रशासन महाशाखा विराटनगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
अहिलेलाई एक महिनाको दूर शिक्षा संचालन गरिएको भए पनि आवश्यकता अनुसार थप गर्दै लगिने महानगरको योजना रहेको खतिवडाको भनाइ छ । दूरशिक्षाको पठनपाठन निजी तथा सामुदायिक विद्यालयहरूका विषयगत विज्ञ शिक्षकहरूबाट हुने कार्यक्रमका अर्का संयोजक तुलसी दुलालले जानकारी जानकारी दिनुभयो ।
Thank you for the news coverage.
5/6 mahina ko bandi lai dur sikxya Ley compensate garna sakdaina, prayas ramro Ho but sustainable and result oriented hunuparxa.