लोड हुँदैछ...

मेनु

लकडाउनले निजी विद्यालय संकटमा

लकडाउनले निजी विद्यालय संकटमा

विराटनगर । लकडाउन बढ्दै जाँदा निजी विद्यालयहरू धाराशायी बन्दै गएको सञ्चालकहरुले बताएका छन् ।

विद्यालय सञ्चालन नहुँदा त्यहाँ कार्यरत २ लाख शिक्षक कर्मचारी र तिनका परिवारलाई पनि समस्या हुने अवस्था बनेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन ६ चैतदेखि बन्द भएका सबै विद्यालय खुल्ने समय अझै निश्चित छैन । सरकारको निर्देशन अनुसार त्यसअघि नै अधिकांश विद्यालयले हतारमा वार्षिक परीक्षा सप्पन्न गरेका थिए । हतारमा परीक्षा लिँदा अघिल्लो वर्षको समेत पूरा शुल्क लिन नसकिएको निजी बिद्यालय संचालकहरूको भनाई छ ।

शिक्षा मन्त्रालयले चैतको शुल्क नलिन यसअघि नै निर्देशन गरेको थियो । फेरि अर्को निर्देशन जारी गर्दै तत्काल भर्ना नलिन, अनलाईन कक्षासहितको मासिक शुल्कसमेत नलिन निर्देश गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सनं) का अध्यक्ष टीकाराम पुरीका अनुसार पनि शुल्क उठाउने अवस्था नरहेकोले शिक्षक कर्मचारीलाई तलव खुवाउन समस्या आएको बताउनुहुन्छ ।

‘अधिकांश बिद्यालयका आफ्नो पुर्वाधार छैन, भाडामा छन् । भाडा बुझाउने स्थिति छैन, बुझाउन घरधनीको दवाव बढ्न थालेको छ’ अध्यक्ष पुरीले भन्नुभयो, ‘घरधनीले ताला लगाईदिए, त्यहाँका सामान बोकेर कता जाने अन्यौल छ ।’ एकातिर ऋणको किस्ता तिर्न समस्या भएकोले ऋण लिने बिद्यालयहरू लिलाममा जाने अवस्थामा रहेको उहाँको भनाइ छ ।

शिक्षा मन्त्रालयले निर्देशन मात्र जारी गर्ने, तर निजी विद्यालयका गुनासो भने सुन्न नचाहेको पुरीको आरोप छ । अन्तरास्ट्रिय अभ्यास हेर्दा कृषि, उद्योग, शिक्षा र स्वास्थ्यलगायतका निजी क्षेत्रलाई प्रवर्द्धन गर्न अनुदान दिने गरेको उल्लेख गर्दै उहाँले सरकार भने निजी बिद्यालय धारशायी बनाउन लागेको आरोप लगाउनुभयो । निजी बिद्यालयको संरक्षणमा ठोस निर्णय सरकारले नगरेको उहाँको गुनासो छ ।

कहिले भर्ना लिने, कहिले नलिने, अनलाईन कक्षा संचालन गर्ने र नगर्ने, शुल्क लिने र नलिने जस्ता विषयमा सरकार अडिग हुन नसकेको निजी विद्यालय सञ्चालकको भनाइ छ । अझ संघ, प्रदेश र पालिकाहरूको निर्णय र निर्देशन बाझिदा भ्रम फैलिएको उनीहरु बताएँछन् ।

सरकारको यस्तै रबैया रहेमा विद्यालय संचालकहरू आन्दोलनमा उत्रने पुरीले चेतावनी दिनुभएको छ । डेस्कबेन्च मन्त्रालय अगाडि बुझाएर आन्दोलनमा उत्रन बाध्य नपार्न उहाँले सम्बन्धित निकायलाई चेतावनी दिनुभएको छ । शिक्षा र अर्थ मन्त्रालयले आफुहरूसँग छलफल गरि समस्या सुन्नु र बुझ्न्नु पर्नेमा उहाँको जोड छ ।

सरकारले कम्तिमा ३ महिनाको शिक्षक कर्मचारीको तलव ब्यवस्थापन र ३ महिनाको ब्याज तथा घरभाडा मिनाहा गर्नुपर्ने पुरीले बताउनुभएको छ । यस्तै लकडाउनले सृजना गरेको आर्थिक अभाव ब्यवस्थापन गर्न राज्यले कम्तिमा २ वर्षका लागि बिद्यालय अनुमति स्वीकृतिको आधारमा २ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नुपर्ने र तीनै तहका सरकारको एउटै आवाज हुनुपर्ने उहाँको माग छ ।

लामो समय पठनपाठन ठप्प हुँदा बालबालिका प्रभावित हुने तर्क गर्दै प्याब्सन अध्यक्ष पुरीले मन्त्रालयको समन्वयपछि नै अनलाइन कक्षा सुरु गरिएको बताउनुभयो । राज्यले विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क वा न्यूनतम शुल्कमा ईन्टरनेटको ब्यवस्था मिलाएर प्रबिधिमैत्री शिक्षा सञ्चालनमा प्रोत्साहन दिनुपर्ने उहाँको माग छ । प्रबिधीमैत्री बन्ने भन्ने, तर थालेको प्रयासको पनि विरोध गर्नु दुखद् हुने अध्यक्ष पुरिले बताउनुभयो ।

शैक्षिक सत्रमा असर नपार्न सरकारले पर्व बिदा कटाएर भएपनि १ सय ८० शिक्षण दिन र २ सय २० कार्यदिन बनाउनुपर्ने पुरीले सुझाब दिनुभएको छ । निजी विद्यालयले कोभिड १९ का नियन्त्रणका लागि २ हजार बेड राज्यलाई सुम्पेको बताउँदै उहाँले आवश्यकता अनुसार थप दिन सकिने उल्लेख गर्नुभयो ।

प्रदेश र पालिकाहरूलाई नगद तथा जिन्सी गरी निजी विद्यालयले २ करोड ५० लाख बराबर सहयोग गरिसकेको र केन्द्रले पनि चाँडै सहयोग गर्ने तयारी गरिरहेको पुरीले बताउनुभएको छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

देवी पन्थी
May 5, 2020 7:32 PM

सरकारले सामुदायिक विद्यालय भवन थप तथा मर्मत र एस ई ई परीक्षाको बाँचेको रकम निजी विद्यालयको खातामा सहयोग स्वरुप दिनु पर्दछ।

Binay
May 6, 2020 6:53 AM

Yasari luck down ko karan jun teacher totally depend chha private jagir ma waha haru yadi talab payen bhane bhokai marchha yasko barema pani sarkar le bichar garnu parchh

प्रतिक्रियाहरू बन्द छन्।