विराटनगर । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै ठप्प भएको विकास निर्माणका काम सुरु हुन थालेका छन् ।
नेपाल सरकारले लकडाउन कै अवधिमा ठूला आयोजनाका काम कारवाही नरोक्ने निर्णय पछि रानी–विराटनगर इटहरी–धरान सडक योजना अन्तरगतका कतिपय काम सुरु भएको हो । तुण्डी रमण कन्सट्रक्शनले ठेक्का लिएको स्थानमा लकडाउनको अवधिमा अपनाउनु पर्ने सम्पूर्ण मापदण्डहरु पूरा गरी दुहबी–इटहरी बीचको सडकमा कालो पत्रे गर्ने काम धमाधम शुरु गरेको जनाएको छ ।
उक्त सडकको काम सुचारु गर्न नेपाल सरकारले मिति २०७६ चैत्र ३० गते पत्र पठाएको थियो । सोही पत्रका आधारमा गत वैशाख ४ गतेदेखि सडक कालो पत्रे गर्ने तथा ड्रेन वर्कको काम पनि सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।
केही दिनअघि प्रदेश १ सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको घिनाघाट–विराटचौक सडक निर्माण सुरु गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।