मदिराको कारोबार खुल्ला गर्न माग

विराटनगर । देशको कुल राजश्वमा २२ प्रतिशत योगदान गर्ने मदिरा व्यवसाय लकडाउनको कारण संकटमा परेको भन्दै नेपाल मदिरा व्यवसायी महासंघले व्यवसाय सञ्चालनको सहज वातावरण बनाईदिन माग गरेको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा सबै व्यवसायीले मदिराको कारोबार पूर्ण रुपमा बन्द गरेपनि भाटभटनी र अन्य विभिन्न मार्टहरुले खुलेआम मदिरा विक्री वितरण गरिरहेकोप्रति पनि असन्तुष्टि जनाएको छ ।

व्यवसायीहरुले कारोबार बन्द गरेको समयमा अत्यावश्यक वस्तुको बिक्रीको लागि खुलेका सुपरमार्केटहरुले मदिराको कारोबार गरिरहेकोले मदिराको मात्र कारोबार गर्दै आएका व्यवसायीहरु मारमा परेको महासंघको भनाई छ । अर्कोतिर बैधानिक रुपमा चलेका मदिराको कारोबार बन्द हुँदा अबैध मदिराको खुलेआम बिक्री वितरण हुँदा राजश्यमा क्षति पुग्नुको साथै मानब स्वास्थ्यमा पनि क्षति पुगिरहेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सोनाम शेर्पा र महासचिब तारानाथ ढुंगानाले जारी गरेको विज्ञप्तिमा निर्वाध रुपले व्यवसाय सञ्चालनको वातावरण बनाईदिन माग गरिएको छ । महासंघले लामो लकडाउनको कारण व्यवसाय बन्द हुँदा ठूलो क्षति पुगेकोले सो अबधिको बैंक व्याज मिनाहा, विद्युत महशुलमा छुट, बिमा प्रिमियमा ५० प्रतिशत छुट, घरबहाल छुटसहितका प्याकेज ल्याउन पनि माग गरेको छ ।

सोमबार, २२ बैशाख, २०७७, साँझको ०६:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर