जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका–१ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई औषधी र खाद्यान्न वितरण गरेको छ ।

संघका पदाधिकारीहरूले आज आश्रममा पुगेर एक महिनासम्म पुग्ने औषधी र खाद्यान्न वितरण गरेको हो । लकडाउनको समयमा आश्रममा रहेका वृद्धाहरूलाई औषधी खरिद गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै औषधी र खाद्यान्य सहयोग गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आश्रममा रहेका दुई दर्जन जेष्ठ नागरिकलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्न वितरण गरिएको छ । संघले यहाँ रहेका दीर्घरोगको औषधी, भिटामिन, आँखामा समस्यामा भएकालाई आँखामा लगाउने औषधी र खाद्यान्न सहयोग गरेको हो ।

आश्रममा रहेका वृद्धाहरूलाई प्रेसर, सुगर कोलिस्टोर, थाइराइटल र आँखामा समस्या विरामीलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्न वितरण गरिएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिनुभयो ।

संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, महासचिब दिनेश ठाकुर, कोषाध्यक्ष विजय राजवंशी, सचिब हरिराज रेग्मीलगायत र अन्य पदाधिकारीहरूको उपस्थितिमा औषधी र खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

शुक्रबार, १९ बैशाख, २०७७, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर