विराटनगर । दुई दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइहरेको छ । १ मिने ४२ सेकेण्डको भिडियोमा प्रधानमन्त्रीले व्यक्त गरेका विषयहरुमा अहिले बहस पनि सुरु भएको छ ।
उक्त भिडियो चैत २९ गते प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसित सिंहदरबारस्थित एक्सन रुमबाट गरेको छलफलको हो । कोरोना भाइरसबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भ्रामक, आंशिक सत्य र सत्य भन्ने फरक–फरक दावी सामाजिक सञ्जालमा छ ।
कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा प्रधानमन्त्रीले दिएका अधिकांश सल्लाह र दाबी तथ्यमा आधारित नभएको र अपूर्ण रहेको विज्ञहरुले बताएका छन् । प्रधानमन्त्रीले भाइरस निर्जीव तत्व हो भनेकोमा यसबारे विज्ञहरु अझै निश्कर्षमा नपुगेको पाइन्छ । कोरोना भाइरस निर्जीव हो या सजीव भन्ने बहसकै विषय रहेको छ।
प्रधानमन्त्रीले तातो पानीले हात धोएमा भाइरसले असर नगर्ने र आइसक्रिम खान नहुने बताउनुभएको छ । यद्यपी सरकारले सञ्चालन गरेको सचेतना अभियानमा भने तातोपानीको कुरा छैन । बरु बारम्बार सावुनपानीले हात धुने धुनुपर्ने उल्लेख छ । विज्ञहरुले पनि साबुन पानी नै प्रभाबकारी हुने बताइरहेका छन् ।
मुख्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको बिचारको ८ मिनेट ९ सेकेण्डको भिडियो प्राप्त भएको छ । भिडियामा प्रधानमन्त्रीले बोलेको कुरा जस्ताको तस्तैः
यस्तोबेलामा मानिसहरू डिप्रेसनमा जाने खतरा हुनसक्छ । मानसिक अवस्था कमजोर हुने, खलबलिने, चिन्ताग्रस्त हुने खतरा हुन्छ । त्रास र भयले थिचेर मान्छेलाई असहज स्थितमा पु¥याउन सक्छ । भोक, निन्द्रा नलाग्ने, काममा मन नलाग्ने, केही गर्न नसक्ने दिग्दारीको स्थितिमा मान्छे फस्न सक्छ ।
उपचारमा हामी स्वाब टेष्टको मात्र कुरा हैन । हामीले मनोविदहरुको, मनोवैज्ञानिकहरुको पनि मद्दत लिनुपर्छ । उनीहरूबाट आपूmले पनि काउन्सिलिङ कसरी गर्ने सिकेर यो विधि पनि सिक्नुपर्छ । यस्तो बेलामा रोगका विरुद्ध लड्न सकिन्छ, कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने चीनजस्तो धेरै जनसंख्या भएको मुलुकले नियन्त्रण गरेको छ । छिटफुट केस मात्र छ । जसलाई उनीहरुले आइसोलेसनमा राखेर उपचार गरिरहेका छन् । उहान खुलिसक्यो । बजार र यातायात खुलिसक्यो, जहाँबाट कोरोनाको भयाबह सुरु भएको थियो ।
रोक्न नसकिने कुरो हैन । तर, लापरवाही जहाँ–जहाँ भएको छ, त्यहीँ भयावह भउो । किनभने लापवाहीले बढ्यो । यो भन्न अफ्ठ्यारो मान्नुपर्ने कुरा छैन, अमेरिकाले सुरुदेखि नै व्यवहारिक र सही कदम चालेर गएको भए यो स्थिति आउने थिएन । यस्तोमा हामीले थाहा पाउनुपर्छ, महाशक्ति भएपनि केही गर्न सकिदैन । केही भएपनि केही गर्न सकिदैन ।
यो भाइरस भनेको निर्जिब तत्व हो । यो निर्जिव तत्वमा जुन बोसीय, त्यो बोसोजस्तो फ्याटीय तत्व हुन्छ, त्यसले त्यसलाई एउटा जीवीत तत्वको रुपमा सक्रिय गराईदिन्छ । त्यसकारण तातोपानीको बाफ लिने, तातोपानी खाने, चिसोमा जोड नदिने, आइसक्रियम जस्ता चिज नखाने बिधि ठूलो कुरा हो । हात धुँदा सकिन्छ भने तातोपानीले धुने, मुख धुँदा अलिकति तातो पानीले धुने, मनतातो पानीले यो ठूलो बिधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुने बित्तिकै त्यो भाइरसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो निर्विज हो, त्यो समाप्त हुन्छ ।
मर्ने हैन, त्यसको जुन जीवतत्वको रुपमा त्यो बोसीय तत्व हुन्छ र त्यसले उपद्रो मच्चाउन सक्ने हुन्थ्यो, त्यो समाप्त हुन्छ । भाइरस किन मार्न सकिदैन भन्दा निर्विज तत्व हो । त्यसकारण निर्विज तत्वको यो गिता ज्ञानतिर जानुपर्ने खतरा हुन्छ । निर्जिव तत्व हो, मार्न सकिदैन । जसको जीवन छैन, त्यसलाई कसरी मार्ने ? त्यो मर्दैन । यसलाई जीव तत्वको रुपमा सक्रिय गर्ने इलिमेन्टहरुबाट हामी मुक्त हुने हो ।
तसर्थ म साथीहरुलाई भन्न चाहन्छु मास्क मात्र लगाएर हुँदैन । मास्क मात्र लगाएर पर्याप्त हुँदैन । मास्कसँगै चस्मा पनि लगाउनुहोस् । सबैभन्दा छिटो सर्ने मुखबाट, त्यसपछि आँखाबाट र त्यसपछि मात्र नाकबाट सर्छ । आँखाबाट झन् छिटो सर्छ । त्यसकारण चस्मा भरसक लगाउनु बाञ्छनीय हुन्छ ।
अब अरु कुराहरु मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन । सबै साथीहरूलाई आफू सुरक्षित हुन आग्रह गर्दछु । यसले मुख्यमन्त्री भनेर यताउता भन्ने चिन्दैन । धेरै देशका राजकुमार चिनेन, धेरै देशका प्रधानमन्त्री चिनेन । यसले हाम्रो प्रधानमन्त्री पनि चिन्दैन, मुख्यमन्त्री पनि चिन्दैन, मन्त्री पनि चिन्दैन । कसैलाई पनि चिन्दैन ।
यो निस्फ्रिकी छ । किनभने यो मर्दैन, मरौंला भन्ने पीर पनि छैन । किनभने, यो जीवतत्व नै होइन । त्यसैले कसैले दबाई छर्छ कि भन्ने पनि छैन । यो भाइरस लामखुट्टेजस्तो पनि होइन । उडुसजस्तो लुक्ने, उपियाँजस्तो फटक्क फड्किने पनि होइन । यसलाई कुनै डर हुँदैन । ढुंगाजस्तै हो । यो डररसहित । यसले कसैलाई छाड्दैन । पायो भने समभाव राखेर आक्रमण गर्छ । त्यसकारण हामी हरेक सतर्क बनौं । सोसल डिस्टेन्स मेन्टेन गरौं ।
यो भिडियो कन्फ्रेन्सकै बसाइ पनि ठीक छैन । हाम्रै बसाई ठिक छैन । सामाजिक दुरीको हिसाबले कुनै पनि प्रदेशको बसाइ ठीक छैन । मन्त्रिपरिषद बैठक बस्दा हामी कम्तिमा तीन मिटर टाढा बस्छौं । अहिले मैले मास्क किन खोलेको छु भने दुबैतिरकाले लगाउनुभएको छ । म अगाडि फर्किएको छु । सामाजिक दुरी कायम गरेका छौं ।
अर्को, काम भएन, यहाँ भएन त्यहाँ भएन भनेर बाहिर जाने छ, त्यसलाई पनि रोक्छौं । त्यस्तोखालको हुनुहुँदैन । प्रशासन प्रहरी र स्थानीय तहका जनप्रतिनिधिहरू सजग हुनुपर्छ ।
हाम्रा निम्ति यो आर्थिक हिसाबले पनि गम्भीर धक्काका रुपमा आएको छ । भविश्यमा सचेत हुनुपर्ने विषय आएको छ । उत्पादन बृद्धिमा ह्रास ल्याउँछ । रेमिट्यान्स स्वात्तै घट्छ ।
रेमिट्यान्स पनि नआउने, उत्पादन पनि नहुने, विदेश गएका जनशक्ति विभिन्न देशमा हाय तोबाको स्थितिमा छन् । विभिन्न देशलाई त्यहाँ बसेका नेपालीहरूको राम्रो होस् भनेका छौं ।
भारतसँग त्यहाँका प्रधानमन्त्रीसँगै कुरा गरेको छु । भारतमा सबैभन्दा बढी असहज स्थितिमा छन् । भारत सहयोग गर्न तयारै छ । आपूर्ति व्यवस्थामा पनि तलमाथि पर्दैन । आपूर्ति व्यवस्था मिलाउने क्रममा पनि संक्रमण नहोस् भनेर हामीले ध्यान दिएका छौं ।
आधारभूत रुपमा हामी ढुक्क रहन र समस्या समाधान गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । व्यवहारिक, ठोस कदम चाल्ने र त्यसमा दृढता राख्ने गर्नुपर्दछ । सिंगो समाजलाई एकजुट बनाएर अगाडि बढाउनुपर्छ ।
https://www.facebook.com/hamromatpati/videos/2633930570050120/