पेप्सिकोलाका दुई जनामा कोरोना पुष्टि

विराटनगर । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एकै परिवारका ती जनामा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु चैत ५ गतै अर्थात २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए । उनीहरलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

उनीहरुमध्ये दुई जना छोरा र आमाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुहारीको भने पुन परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन। स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।

यसैबीच सनसिटी अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ । अपार्टमेन्ट रहेको क्षेत्र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उक्त अपार्टमेन्टमा पाँच सय परिवारका करिब एक हजार बढी व्यक्ति बसोबास गर्ने जानकारी दिनुभयो।

अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मङ्गलबार, ०२ बैशाख, २०७७, दिउँसोको १२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर