काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ते तीन जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट परिक्षणमा कोरोना पोजिटिभ देखिएको छ ।
केही समय अगाडि बेलायतको लण्डनबाट आएका एकै परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालले जनाएको छ । उनीहरु चैत ५ गते लण्डनबाट फर्किएका थिए । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ। पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्माका अनुसार आमा, छोरा र बुहारी तीनै जनाको अवस्था सामान्य छ ।
सरकारले गत चैत महिनामा विदेशबाट उपत्यकामा आएका सबैको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने बताएको छ । किटले परीक्षण गर्दा कोरोना संक्रमणको संभावना देखिएपछि त्यसलाई फेरि पिसिआर विधिबाट पुनः परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।