विराटनगर । कोरोना भाइरसबाट विश्वमा १८ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अहिलेसम्म १८ लाख ४ हजार ६६८ जनामा भाइरस संक्रमण भइसकेको छ ।
भाइरसका कारण अहिलेसम्म १ लाख १० हजार जना भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । वलर््डोमिटरका अनुसार १ लाख १० हजार ८७१ जनाको ज्यान गइसकेको छ । विश्वको २०५ मुलुकहरुमा फैलिएको भाइरसका १२ लाख ८१ हजार ३७१ बिरामी उपचाररत छन् । अहिलेसम्म ४ लाख १२ हजार ४२४ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा २० हजार ६४९ जनाको मृत्यु भइसकेको छ ।