काठमाडौं । प्रधानमन्त्री केपी शर्मा नेपालको लागि आगामी दुई साता थप चुनौतिपूर्ण हुने बताउनुभएको छ ।
मंगलबार विहान देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनुभयो ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताउँदै उहाँले महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको दावी गर्नुभयो
समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले संभावित संक्रमणको जोखिमा रहेकाहरु सबै क्वारेन्टाइन्मा बस्नुपर्ने आग्रह गर्नुभयो ।
https://www.facebook.com/neptv2041/videos/220024442581794/




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।