लोड हुँदैछ...

मेनु

लकडाउन डायरी

एकपटक आई लभ यू भन्न मन छ

एकपटक आई लभ यू भन्न मन छ

मान्छे जन्मिन्छ र हुर्किन्छ । जन्मिए पछि हुर्किने क्रममा उसले त्यहि सिक्छ जुन उसई सिकाइएको हुन्छ । उसका ति बाल नयनले जे देख्छ, उसले कस्तो संस्कार र कस्तो वातारणमा हुर्किन्छ भन्ने कुराले उसको सिकाईमा निर्भर गर्दछ । सिङ्गो देशमा नै महिला र पुरुषको विभेदले ग्रस्त ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्ग पनि यसबाट अछुतो थिएन भने त्यसमा पनि मेरो गाउँ खोक्लिङ्ग त यसबाट अछुतो हुने कुरै भएन । जब म चार वर्ष उमेरदेखि नजिकैको श्री कञ्चनजंघा प्राथमिक सरकारी विद्यालयमा भर्ना भएँ ।

मेरो बालापन यहि स्कुलको धूलोमा लटपटिँदै, साथीहरु सँग चिलाउनेको दानाको गुच्चा खेल्दै, झुम्रोको गोल बनाएर खेल्दै रमाईलोका साथ बित्यो। विद्यालयमा छात्रा र छात्रलाई बस्नको लागि अलगअलग बनाइएको डेस्क र बेन्चबाट मेरो बाल मनौविज्ञानमा के आभाष भएको थियो भने केटा र केटि बिहे गरेपछि मात्रै एउटै बेन्चमा बस्नुपर्छ । प्रायः केटा साथी र केटी साथी बोलेको र सँगै हिँडेको देख्दा फलाना की बुहारी भन्ने ट्याग लाग्ने गर्थ्यो ।

यी साथीका घटनाबाट म त्यस्ता घटनाको पात्र हुन चाहन्न थिएँ र सकभर केटा साथीसँग हिंड्न,बोल्नबाट दूर रहन्थें ।समय बित्दै गयो दिनहरु यसरी नै व्यतित हुदै गए । प्राथमिक तहको अध्ययन सकेर म माध्यमिक तहको पढाइको लागि गाउँ कै श्री मोति उच्च माध्यमिक विद्यालयमा भर्ना भएँ ।

गाउँको परिवेश बिहान भ्याएसम्मको काम सकेर विद्यालय जाने गर्थे । टिफिनमा खाजा खाने भन्ने कुरा परको थियो । विद्यालय छुट्टि हुने बित्तिकै हतार घर आउने गर्थे । भोक लागिरहेको हुन्थ्यो ।

मामुले मकै भुटेर, फर्सी, स्कुस,सुठुनी, पिँडालु त कहिले बासी भात खाजा बाईदिनु हुन्थ्यो । भ्याउनु भएन भने त्यो नि हुन्न थियो । बनाएको थियो भने खायो नत्र घरको दैनिक काममा सामेल हुन पथ्र्यो।

यसरी नै उकाली ओराली गरेर मेरो बाल्यकालको समयसँगै पढाई अघि बढिरहेको थियो । मैलै माध्यमिक तहको पढाई सुरु गरेको विद्यालयमा पनि छात्रा र छात्रलाई बस्न अलगअलग डेस्क र बेन्च बनाइएको थियो । जस्तो मैले प्राथमिक तह पढेको विद्यालयमा थियो ।

यसबाट मैले प्राथमिक तहमा अध्ययन गर्दा केटा र केटी बिहे पछि मात्रै सँगै बस्नुपर्ने रहेछ भन्ने बुझेको कुरा सही रहेछ भन्ने लाग्यो । वातावरण उस्तै थियो जस्तो प्राथमिक तहको अध्ययन गर्दा थियो ।

केटा साथी र केटी साथी बोलेको, हिँडेको देखियो भने श्रीमान र श्रीमतिको ट्याग पाइने । एक पटक मेरो मिल्ने साथी मुना र उसको गाउँको दाई रामबहादुर सँगै विद्यालयबाट बोल्दै आएको उसको छिमेकीले देखेर समाज बटुल्नेसम्म भएको थियो ।

म सकभर केटा साथीबाट टाढा हुन्थे किनकी मलाई देखाइएको, सिकाइएको र मैले देखेको, सिकेको र जानेको पनि त्यहि नै थियो कि दाजुभाई बाबु र श्रीमान्बाहेक अन्य केटासँग हिंड्न र बोल्न हुन्न ।

तर एक दिन संयोगबस बाटो घरे काकाको छोरा र म घर जाँदा बाटोमा भेट भयौँ र सँगै घर फर्केको थियौं । यो कुरापछि बुबा आमाले थाहा पाउँदा बुबाको माया मिसिएको गाली र झापड सँगै यसरी केटाहरुसँग कहिल्यै नहिंड्ने र नबोल्न बाचा गराउनु भएको थियो ।

जे सिकाइएको थियो परिवार र समाज साथै परिस्थितिले त्यही सिक्दै र सिकेको कुरा अनुसार अघि बढाउँदै लगियो जिन्दगीलाई । कक्षा नौ मा अध्ययन गर्दाको कुरा हो केटा र केटी बस्ने अलग अलग डेस्क र बेन्च थियो नै ।

सामाजिक विषयय पढाउने सर कृष्ण थापा कक्षाबाट भर्खरै बाहिरिनु के भएको थियो,मेरै क्लास मेट एक केटा साथीले सबैको माझ मेरो अघि आएर आई लभ यू भन्यो । समाजले सिकाएको र म आफूले सिकेको नि त्यहि जुन एक केटा र केटी बोल्नु हुन्न, सँगै हिड्न हुन्न र बस्न हुन्न ।

तर उस्को बोली आई लभ यू एलिना त्यो नि कक्षाका सबैको माझमा ।असह्य भयो मलाइ । प्रायः जसको केटाबाट दूर रहन चाहने म ।परिस्थितिले उल्टो मोड लियो । उसलाई डेस्कबाट बाहिर निस्किएर कुट्नलाई झम्टिएँ । रिसले अनुहार रातो पिरो भएको थियो । मलाई डर थियो कोही साथीले घरमा सुनाई दिए भने मैले चुपचाप कुटाई खानुको विकल्प थिएन ।खेदाएँ उसलाइ कुट्न लाई, उ भागीरह्यो ।भाग्दा भाग्दै कक्षा आठ भित्र पस्यो, त्यति बेलासम्म उ गलीसकेको थियो ।

म चाहिँ रिसले उस्लाई लगाएको चप्पल फुकाएर कुट्न थाले । उ भने मलाई आई लभ यू भनि रहेको थियो मेरो कुटाई खाइरहँदा पनि । रिस मरुञ्जेल कुटेपछि अब फेरि येस्तो कुरा नदोहो¥याउन कसम खुवाएँ । उसले टाउको हल्लायो । म बाहिर निस्केर आफ्नो कक्षा कोठा तिर लागे।

मलाई लाग्यो मैले संसार कै ठिक काम गरे झै । बाचा गराए अनुसार उसले पुनः सोहि कुरा कहिल्यै गरेन । समय बित्दै गयो २०७० सालमा एसएलसी परीक्षा दिएपछि सबै साथी छुट्न बाध्य हुन पर्यो ।

एसएलसीको रिजल्ट आएसँगै आफ्नो–आफ्नो रुचिको विपषय पढ्न कोही जिल्ला बाहिर र कोही जिल्ला सदरमुकाम तिर गयौं । म जिल्ला सदरमुकाम फुङलिङमा रहेको भानुजन उच्च माविमा प्लस टुसम्मको अध्ययन गर्नको लागि प्रस्थान गरे र यहि स्कुलमा पूरा गरेँ ।

समय बित्दै गयो साथै मेरो चेतनाको स्तर नि बढ्दै गयो । पढाइलाई निरन्तरता दिन स्नातक तहको अध्ययन गर्न थाले । अक्सर मेरो दिमागमा केटा र केटी सँगै हिड्न, बोल्न हुन्न त ? यहि प्रश्नले सताई रहन्थ्यो । मैलै बाल्यकालमा सिकेको र जानेको केटा र केटी बोल्न, हिड्न हुन्न भन्ने कुरा गलत लाग्न थाल्यो ।

झन केटाले केटीलाई आई लभ यू भन्नै हुन्न यदि भनि हाल्यो भने त्यसपछि त्यहीसँग विवाह गरेर उसैसँग गइहाल्नुपर्छ भन्ने मलाई सिकाइएको र मैले सिकेको कुरा महागलत लाग्न थाल्यो ।

केटा साथीले आई लभ यू एलिना भन्दा मैले उसलाई चप्पलले कुटेको त गल्ति मात्रै हैन पाप नै गरेको महसुस गर्न थाले । समाजका मानव प्राणीले एकले अर्कालाई माया गरेर त मिलेर बसेका हुन्छन् ।

त्यसैगरी केटा र केटी पनि यहि समाजका सदस्य हुन र एकले अर्कालाई माया प्रत्यक्ष अप्रत्यक्ष रुपमा गरिरहे कै हुन्छन र त झगडा बिनाको शान्त समाज हुन्छ । तर माया गर्नुलाई सहि तरिकाले बुझे जसरी नै आई लभ यू भन्नु पनि तेहि एकले अर्कालाई माया गर्नु नै हो भन्ने मैले बुझे ।तर किन मेरो परिवार, समाजले बुझेन मलाई लागिरहन्थ्यो ।

आफ्नो केटा साथी जो निर्दोश थियो तर पनि मेरो चप्पलको पिटाई खान आई लभ यू भने कै कारण बाध्य भएको थियो।
धैरै सम्झिन थाले आफैसँग रिस उठ्न थाल्यो गल्ति गरेकोमा । उ सँग माफी माग्न जरुर ठाने । नम्बर खोजे, फेसबुक तिर खोजे कतै पाईन उसलाई । म सोच्छु,केयौँ पटक तब पनि, जब म सोच्न चाहान्न तर उसैलाई सम्झिन थाले ।

अहिले विश्व भरि महामारीको रुपमा फैलिएका कोराना भाईरसको सम्भावित जोखिमबाट बच्न सरकारले घोषण गरेको लकडाउनको समयमा घरमा बसीरहँदा तिमि पनि त लकडाउनको नियम पालना गर्दै घरमै छौ होला भन्ने आशा गरेको छु ।

लकडाउनको समयलाई सदुपयोग गर्न केही किताब अध्ययन गर्ने योजना अनुसार किताब हेर्छु,तर त्यहाँ तिमिलाई नै पाउँछु । सम्झिरहेको छु जुन समयमा परिवार, समाज र वातावरणबाट मैले जानेको र सिकेको या भनौं मलाई सिकाईएको अथवा सिक्न बाध्य बनाइएको परिस्थितिको उपज आई तिमिले लभ यू भन्दा मेरो कुटाई सहनु पर्यो ।
त्यो समय यतिसम्म गरिएको थियो एक केटा साथी र अर्को केटी साथीले आफ्नो अनुभव, ज्ञान र सिपको सहज रुपमा समाज र परिवारको सामू राख्न सक्ने अवस्था थिएन साथी ।

हरेक दिन सपना तिमिलाई देखिरहन्छु तर तिमि कहाँ छौ,के गर्दै छौ भन्ने केही थाहा छैन । एक पटक भेटेर भन्न मन छ म गलत थिएछु त्यति बेला माफ गर साथि आई लभ यू ।

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

Samir Limbu
April 5, 2020 12:40 PM

I love you Alina DD 😁❤
#staysafe
#stayhealthy
#manitainsocialdistance

लिला दियालि
May 8, 2020 9:45 PM

मार्मिक ।आइ लब यू एलिना बुनु।तिम्रो साथिले फेरि पनि भन्ने छ आइ लब यू।।।

लिला दियालि कुमार
May 8, 2020 9:46 PM

मार्मिक ।आइ लब यू एलिना बुनु।तिम्रो साथिले फेरि पनि भन्ने छ आइ लब यू।।।

किरण यवागु
March 9, 2021 4:18 PM

आई लव यु टु

प्रतिक्रियाहरू बन्द छन्।