लकडाउनमा धुर्मुस–सुन्तलीको दोहोरी सन्देश

विराटनगर । लकडाउनका बेला घरमै बसेर लकडाउन पालना गर्न चर्तित कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आह्वान गरेका छन् ।

सामाजिक काममा सक्रिय रहँदै आएको यो जोडीले लकडाउनको समयमा हाँस्यव्यंग्य र संगित मिश्रित सन्देश प्रवाह गरेका हुन् ।

केही दिनदेखि उनीहरुले सामाजिक सञ्जाललमा सचेतनामुलक भिडियो राखिरहेका छन् । अहिले उनीहरु लकडाउन दोहोरी अपलोड गरेका छन् । चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैको मुस्कान पासा र फतौरी बुढीको भूमिकामार्फत उनीहरुले दोहोरी सार्वजनिक गरेका हुन्ु ।

मजदुर र विपन्नलाई राहत तथा चीनबाट गरिएको स्वास्थ्य सामाग्री खरिदबारे पनि उनीहरुले दोहोरीमा व्यंग्य गरेका छन् ।

फतौरीः हाम्रो सरकार के गरी बस्या छन्
मजदुर जति सीमामा फस्या छन्
जाइफूलको बासना,
उद्धार गरी क्वारेन्टाइनमा राख न।

मुस्कान पासाः सरकारको योजना पर्र्खौ न
सोच्दै होला नेपाली फर्काउन
जाइफूलको बासना,
उद्धार गरी क्वारेन्टाइनमा राख न।

फतौरीः शहर बजार महंगी बढेको
गाउँघरमा तरकारी सडेको
जाइफूलको बासना,
गरिबलाई देउन रासन।

मुस्कानः हल्ला सुन्छु गाइँगाइँ र गुइँगुइँ,
पीपीई केसमा पर्‍यो रे खुइका खुई,
जाइफूलको बासना,
कमिसनलाई कडा शासन।

फतौरीः भ्रष्टाचार, कमिसन, घुसखोरी,
विपत्तिमा नि यो मनपरी,
जाइफूलको बासना,
लागू गर कडा शासन।

मुस्कानः कोरोनाले सिकायो जुट्नलाई,
आपत् विपत् जेमा नि उठ्नलाई,
जाइफूलको बासना,
हाँसी खुशी घरमै बस न।
जाइफूलको बासना,
हाँसी खुशी घरमै बस न।

https://www.facebook.com/sitaramkattelofficial/videos/3401163349898440/

शुक्रबार, २१ चैत, २०७६, दिउँसोको ०४:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर