भारतमा बढ्दै कोरोनाको संक्रमण: कहाँ कति संक्रमित ?

सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमण/६ राज्यमा संक्रमण छैन

सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमण/६ राज्यमा संक्रमण छैन
विराटनगर । पछिल्लो दिनमा भारतमा कोरोना भइरसको प्रकोप बढ्दै गएको छ ।

बिहीबार अपरान्हसम्म कोरोनबाट भारतमा २०२४ जना संक्रमित भएका छन् । भारतमा गएको २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने चेतावनी दिएका छन् ।

भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ५८ जनाको मृत्यु भएको छ भने १४८ जना उपचारपछि निको भएका छन् । बाँकी संक्रमित सबैजना उपचाररत छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्ने तयारी भएको छ । पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको बताउनुभएको छ । उहाँले नागरिककै स्वास्थ्यका लागि यस्तो नीति लिनुपरेको भन्दै आफ्नो स्वास्थ्यका लागि घरैमा बसिदिन र खाद्यान्न आदि किनमेलका लागि छुट्याइएको समयमा पनि सामाजिक दुरी कायम गरेर किनमेल आदि गर्न आग्रह गर्नुभएको छ ।

भारतका ३० राज्यमा कोरोनाको संक्रमण फैलिसकेको छ । ६ वटा प्रदेशमा मात्र अहिलेसम्म संक्रमण नदेखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिक्किम, त्रिपुरा, मेघालय, लक्ष्यदिप, दमन दीप र नागालैंडमा कोरोनाको संक्रमण देखिएको छैन । असम, मणिपुर, मिजोरम रअरुणाचल प्रदेशमा १÷१ संमित भेटिएको छ ।
अहिलेसम्म दिल्लीमा १६०, जम्मू कश्मीरमा ६६, लद्दाखमा १६, पुडुचेरीमा ४, अन्डमान निकोबारमा १०, चण्डीगढमा १६ जना संक्रमित पहिचान भएको छ । यस्तै महाराष्ट्रमा ३९०, केरालामा २९२, आन्द्र प्रदेशमा ८८, बिहारमा २४, छत्तिसगढमा ११, गोवामा ५, गुजरातमा ९३ र हरियाणमा ६४ जना संक्रमित भेटिएका छन् ।
यसैगरी विहीबार विहानसम्मको तथ्यांक अनुसार हिमाञ्चलमा ५, कर्नाटकमा १२२, पंजाबमा ५१, राजस्थानमा १११, तमिलनाडुमा २४१, तेलंगानमा १००, उत्तराखण्डमा ९, उत्तरप्रदेशमा १२९ पश्चिम बंगालमा ४६ र झारखण्डमा १ जना संक्रमित भेटिएका छन् । एजेन्सीको सहयोगमा

बिहिबार, २० चैत, २०७६, दिउँसोको ०१:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर