व्यक्तिगत रुपमा राहत वितरण

पाँचथर । कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारका लागि पाँचथरको फिदिम ९ लुम्बाबुङमा राहत वितरण गरिएको छ ।

स्थानीय कुमारी लावती आङ्बोले ब्यक्तिगत लगानीमा समस्यामा परेका परिवारलाई राहत वितरण गर्नुभएको हो ।

वडा कार्यालयको रोहोबरमा प्रतिपरिवार १५ किलोका दरले बिहीबार चामल प्रदान गरिएको स्थानीय सेसेहाङ लावतीले जानकारी दिनुभयो । लकडाउनका कारण दैनिक काममा अवरोध भएपछि निम्न आय भएका नागरिकलाई समस्या हुन थालेको बेला राहत वितरण गरिएको हो।
झापाको केर्खामा बसेर व्यवसाय गर्ने लावतीले आफ्ुनो माइती गाउँका समस्यामा परेका परिवारलाई राहत वितरण गर्नुभएको हो ।

 

 

लकडाउनको समयमा आर्थिक रुपमा विपन्न परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न सहयोग गरेको श्रीमति लावतीले जानकारी दिनुभएको छ ।

 

बुधबार, १९ चैत, २०७६, रातीको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर