वडाध्यक्षलाई नै स्थानीयको राहत…….

विराटनगर । मोरङको कटहरी गाउँपालिका स्थानीयले वडाध्यक्षको घरमै राहत सामाग्री पु¥याइदिएका छन् ।

बुधबार स्थानीय युवाहरुको समूहले चामल, तरकारी, नुन, तेलसहितको राहत सामाग्री वडाध्यक्षको घरमै पु¥याईदिएका हुन् । स्थानीयले वडाध्यक्षलाई राहतको आवश्यकता परेकोले खाद्यसामाग्री लगिदिएका भने हैनन् ।

लकडाउनको कारण समस्यामा परेको बेला पनि वास्ता नगरेको भन्दै आक्रोशित स्थानीयले व्यंग्यस्वरुप कटहरी १ का वडाध्यक्ष कपुललाल माझीको घरमा राहत सामाग्री लगिदिएका हुन् । उनीहरुले संकटको बेलामा नागरिकको समस्याप्रति चासो नराखेको भन्दै वडाध्यक्षलाई नै राहत उपलब्ध गराएको बताएका छन् ।

सरकारले स्थानीय तहलाई लकडाउनको कारण समस्यामा परेका परिवारको लगत संकलन गरी राहत उपलब्ध गराउन भनेको छ । तर, वडाध्यक्ष माझीले वास्ता नगरेकोले उनलाई नै समस्या परेको होला भनेर राहत लगिदिएको स्थानीय युवाहरुले बताएका छन् ।

राहतको व्यवस्थापन गर्न अनुरोध गर्दा वडाध्यक्षले माथिबाट केही आएको छैन, म पनि समस्यामा छु भनेकोले उनलााई राहत पुर्याईदिएको स्थानीय युवा मो.रमजानले बताउनुभयो । युवाहरु आएको सुईको पाएर माझी घरबाट निस्किएकोले उनको घरमा राहत सामाग्री छोडेर आएको उहाँको भनाइ छ ।

बुधबार, १९ चैत, २०७६, दिउँसोको ०२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर