कतार एयरवेजबाट नेपाल फर्कने प्रदेश १ का पाँच जनाको पहिचान

झापाका तीन जना क्वारेन्टाइनमा/उदयपुरका युवा ज्वरो आएपनि घरमै

झापाका तीन जना क्वारेन्टलाइनमा/उदयपुरका युवा ज्वरो आएपनि घरमै
विराटनगर । चैत ४ गतेको कतार एयरवेजबाट घर फर्किएका झापाका २ जना, धरानका २ जना र उदयपुरका एक जना रहेको खुलेको छ ।

झापाको शिवसताक्षीका दुई जना कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ गते काठमाडौ आएको खुलेपछि उनीहरुलाई मंगलबार भद्रपुर स्थित क्वारेन्टाइनमा राखिएको छ ।

सोही विमानमा नेपाल आएकी काठमाडौंकी एक १९ वर्षीया किशोरीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । उनलाई होम क्वारेन्टाइनमा रहेको बेला संक्रमण देखिएपछि अहिले आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको सरकारले सोमबार सार्वजनिक गरेको थियो ।

सो फ्लाइटमा आउने अरुलाई पनि संक्रमण भएको आशंमा सरकारले सतर्क हुन र क्वारेन्टाइनमा बस्नको लागि सम्पर्कमा आउन आह्वान गरेको छ । तर, विदेशबाट आएका शिवसताक्षी १० माइधारका उनीहरु क्वारेन्टाइनमा नसबेको जानकारी भएपछि मंगलबार प्रहरीले क्वारेन्टाइनमा पठाएको हो । माइधारका दुई जना र गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका एक जनालाई संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले वताउनुभयो ।

यसैबीच उदयपुरका एक युवा पनि सोही फ्लाइटबाट आएको र उनमा ज्वरो देखिएको भएपनि उपचार नभएको बेलका नगरपालिकाका प्रमुखले बताउनुभएको छ । बेलका नगरपालिका–३ रातापानी प्रगति टोलका एक व्यक्तिलाई ज्वरो आएपनि क्वारेन्टाइन र आइसोलेसनमा नबसी बाहिर काम गर्दै आएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।

मेयर थापाका अनुसार चौधरी थरका ती युवा कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ गते काठमाडौ आएका थिए । हाल उनलाई ज्वरो देखिएको भएपनि उपचारको लागि प्रदेश सरकार र प्रशासनमा आग्रह गर्दा पनि सुनुवाईन नभएको उहाँले बताउनुभएको छ ।

सोही जहाजमा नेपाल आएका व्यक्तिमध्ये धरानका दुईजना रहेको खुलेको छ । धरान–६ र १६ का दुई व्यक्ति पनि सोही जहाजमा आएको खुलेपछि उनीहरुलाई क्वारेनटाइनमा पठाउनेबारे छलफल भइरहेको धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताउनुभयो।

यसैगरी कतारवाट आएका सप्तरीका एक २१ वर्षिय युवकलाई ज्वरो तथा रुघाखोकी लगायतका समस्या देखिएको बताइएको छ । उनलाई आइसोलेशनमा राख्न विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कतार एयरवेजबाट काठमाडौँ ओर्लिएकी किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले उनी आएको हवाईजहाजमा यात्रा गरेका अन्य यात्रुको समेत खोजी गरिेरहेको छ । सो विमानमा २०५ जना यात्रु भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले त्यस दिन सो फ्लाइटबाट आएकाहरुले हटलाईन नम्बर ९८५१२३३८३९, ९८५१२३३८३४ र ९८५१२३३८३७ मा सम्पर्क गरेर जानकारी लिन वा दिन अनुरोध गरेको छ ।

मङ्गलबार, ११ चैत, २०७६, दिउँसोको ०२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर