माछा पोखरीमा डुबेर नावालकको मृत्यु

इलाम । इलाम नगरपालिका–९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखेपछि अभिभावकले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इलाम लगेका थिए । उनको उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

आइतबार, ०९ चैत, २०७६, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर