प्रदेश सरकारले ५० शैय्याको अस्पताल बनाउने

विराटनगर । प्रदेश १ सरकारले विश्वभरी फैलिएको कारोना भाइरसको संक्रमण देखिएको विरामीलाई राख्ने ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णाय गरेको छ ।

प्रदेका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रबार बसेको बैठकले एक साता भित्रमा ५० बेडको अस्पताल बनाउने निर्णाय गरेको हो ।

न्युनतम दश बेडको भेन्टीलेटर सहित विराटनगरस्थित नेशनल ट्रेडिङ लिमिटेडको भवनमा ५० शैय्याको अस्पताल बनाउन लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिनुभयो । शुक्रबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री घिमिरे, कोशी अस्पतालको मेसु डा. संगीता मिश्रा, फिजिसियन डा. दिपक सिग्देलसहितको टोलीले खाली भवनको निरीक्षण गरेका थिए ।
सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र अस्पताल बनाउने तयारीको साथ शनिबारदेखि काम सुरू हुने मन्त्री घिमिरले जानकारी दिनुभयो । नेशनल टे«डिङको भवनलाई अस्पताल बनाउने निर्णाय भएपछि शनिबारदेखि सरसफाइ र तयारीको काम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भोलिदेखि नै सुरु गर्ने बताइएको छ ।
कोरानाको परिक्षणको लागि विराटनगरस्थित कोशी अस्पताल र वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गरिने भएको छ ।

शुक्रबार, ०७ चैत, २०७६, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर