विराटनगर । नेकपा अध्यक्ष प्रचण्डले सबै प्रकारमा भेटघाटलाई स्थगित गर्नुभएको छ । विश्भर फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीका कारण भेटघाटका सबै कार्यक्रम हाललाई स्थगित गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डको सचिवालयको तर्फबाट गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अत्यावश्यक बाहेकका सबै भेटघाट स्थगित गरेको जानकारी दिनुभएको हो ।