एसइई परीक्षा सर्न सक्ने संभावना

विराटनगर । कोरोना भाइरसको संक्रमणको जोखिमकोकारण यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्नसक्ने भएको छ।

चैत ६ गतेबाट सुरु हुने तयय भएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्नसक्ने संभावना रहेको सरकारले जनाएको छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताउनुएको हो । ‘दुई÷तीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने कि नबनाउने भन्ने तय हुने उहाँको भनाइ ।

मन्त्री ढकालले अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार जुटेको जानकारी दिनुभयो । सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै उहाँले सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गर्नुभयो ।

आइतबार, ०२ चैत, २०७६, दिउँसोको ०३:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर