काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने दिनुभएन । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य मिर्गौला प्रत्यारोपण गरिएका अरू बिरामीको जस्तै रहेको बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागका प्रमुख डाक्टर उत्तमकुमार शर्माका अनुसार प्रधानमन्त्रीको पेटमा एउटा पाइप राखिेएको छ । उहाँको चिकित्सकले निययमित निगरानी गर्ने र सबै प्यारामिटर सामान्य देखिए, त्यो पाइप निकाल्ने बताइएको छ ।
बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राख्नका लागि आइसोलेसन कक्ष बनाइएको छ । संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई केही समय छुट्टै राख्न लागिएको चिकित्सकहरूले बताएका छन् ।
प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि उहाँको स्वागतका लागि संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री त्रिवि शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्रीलाई उहाँकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिनुभएको थियो । संग्रौला यसअघि नै डिस्चार्ज भइसक्नुभएको छ ।
प्रधानमन्त्रीको मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण भएको हो ।