कोरोना भाइरसबारे सचेतना

विराटचौक । इन्द्रपुर जेसिजको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको प्रबद्र्धनमा नगर क्षेत्रभित्र रहेका विभिन्न विद्यालय र वडा कार्यलयहरुमा कोरोना भाइरस विरुद्व सचेतना फैलाउने अभियान सञ्चालन गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस विरुद्ध सावधानी अपनाउन जरुरी रहेको जानकारी गराउँदै नगरभित्र रहेका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई भाइरसबाट बच्ने उपाय तथा लक्षणबारे जनचेतना जगाउने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई कोरोनाबाट बच्ने उपाय तथा यसप्रकारको भाइरस सक्रमण हुँदा देखिने लक्षणहरुबारे जानकारी गराएको इन्द्रपुर जेसिज वर्ष २०२० का अध्यक्ष जेसी गणेशप्रसाद भट्टराईले बताउनुभयो ।

इन्द्रपुर जेसिजको नेतृत्वमा सुन्दरहरैंचाका विभिन्न विद्यालयहरुमध्ये सुकुना बहुमुखी क्याम्पस, सिद्वार्थ सेकेन्डरी स्कूल, बाल प्रतिभा, ब्राइट फ्युचर, सुविजिमुर, स्कोलर्स होम, क्वस्ट, हरैंचामोडल, इन्द्रपुर नमुना, द राईजिङ, लभ्ली एन्जल, इन्दपुर बोर्डिङलगायतका विद्यालयहरुमा कोरोना भाइरस विरुद्वको सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

इन्द्रपुर जेसिजले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीलाई कोरोना भाइरस विरुद्व बच्ने उपायहरु लेखिएको पोस्टरसमेत वितरण गरेको इन्द्रपुर जेसिजका संयोजक कृष्ण ओझाले बताउनुभयो ।

आइतबार, २५ फागुन, २०७६, साँझको ०६:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर