भद्रपुर विमानस्थलमा कोरोना सहायता कक्ष

झापा । झापाको भद्रपुर विमानस्थलमा कोरोना भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सहायता कक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले जानकारी दिनुभयो ।

बिहिबार, २२ फागुन, २०७६, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर