लोड हुँदैछ...

मेनु

कोरोनाको कारण नेकपाको भेला स्थगित

कोरोनाको कारण नेकपाको भेला स्थगित

विर्तामोड । कोरोना भाइरसको संक्रमण फैलने खतराप्रति सतर्कता अपनाउँदै सत्तारुढ नेकपाले प्रदेशको आन्तरिक राजनीतिक प्रशिक्षण तथा भेला स्थगित गरेको छ ।

मंगलबार झापाको विर्तामोडमा आयोजित प्रदेश १ को भेला तथा प्रशिक्षण कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा सम्मेलन नगर्न आग्रह गरेको थियो ।

त्यसैअनुसार प्रदेश भेला स्थगित गरिएको नेकपा प्रदेश १ का सचिब सुरेशकुमार राईले जानकारी दिनुभयो । भेलामा अध्यक्ष प्रचण्ड र महासचिब विष्णु पौडेलसहितका नेताहरु सहभागी हुने तय भएको थियो भने प्रदेशभरीका करिब एक हजार अगुवा कार्यकर्ता भेला भएका थिए ।

कार्यक्रमका लागि वरिष्ठ नेता झलनाथ खनाल सोमबार नै विर्तामोड पुग्नुभएको थियो । कार्यक्रममा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा झापा आउने क्रममा काठमाडौं विमानस्थल पुगेपछि फर्कनुभएको थियो ।

भेलासँगै बुधबार झापाको सुखानी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम पनि स्थगित भएको थियो । कार्यक्रममलाई नेकपा अध्यक्ष दाहाल र महासचिव पौडेलले सम्बोधन गर्ने कार्यक्रम थियो ।

नेकपाले कर्णाली, सुदूरपश्चिम, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेला गरिसकेको छ । आन्तरिक विवादका कारण प्रदेश २ मा भने नेकपाका संगठनात्मक काम प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।