काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापति लामिछानेले आज बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाएका हुन् । बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जनालाई निमन्त्रणा गरिएको थियो।
तर, बैठकमा कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका हुन्। कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । यस्तै, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर बैठकमा सहभागी हुने भएका छन् ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक मुद्दाहरूमा साझा धारणा बनाउन यो बैठक आह्वान गरिएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।