लोड हुँदैछ...

मेनु

ब्राउन सुगरसहित भारतीय युवक झापाबाट पक्राउ

ब्राउन सुगरसहित भारतीय युवक झापाबाट पक्राउ

विर्तामोड । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ निवासी २० वर्षीय युबेद राजा रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साँझ करिब ५ बजे शंकास्पद अवस्थामा रहेका राजाको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा प्लास्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। घटनास्थलबाट BR32V6909 नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ। बरामद पदार्थको परीक्षण तथा लागूऔषध कारोबारसँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।