काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छनख् ।
राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्ति अनुसार संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति भवन (शीतल निवास) पठाइएका यी दुवै विधेयकहरू राष्ट्रपतिले स्वीकृत गरेका हुन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।