लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा बैठक आज बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट (राजश्व र व्ययको वार्षिक अनुमान)माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव प्रस्तुत भएसँगै सदनमा बजेटमाथि सामान्य छलफल सुरु हुनेछ ।

गत शुक्रबार अर्थमन्त्री वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए । आजको बैठकमा सांसदहरूले बजेटका सिद्धान्त, प्राथमिकता र कार्यक्रमहरूमाथि केन्द्रित रहेर आ-आफ्नो धारणा राख्नेछन् । बैठक सिंहदरबारमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।