सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार माथिबाट खसेको ठूला–ठूला ढुङ्गासहितको सुख्खा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
प्रहरीका अनुसार पहिरोका कारण करिब १५ मिटर कच्ची सडकखण्ड पुरिएको छ । सडकमा ठूलो परिमाणमा ढुङ्गा र माटो थुप्रिएपछि यातायात सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ ।
पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङतर्फ जाने तथा त्यहाँबाट आउने सवारीसाधन वारपार गर्न नसकेको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन पहिरो हटाउने प्रयास भइरहेको छ । सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र स्थानीय तहको समन्वयमा काम भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।