विराटनगर । सरकारले कर्मचारीको तलब बृृद्धि गरेको छ । बजेट भाषणअनुसार कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत बृद्धि हुनेछ ।
पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जानकारी दिए ।
सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए । यसबाट हाल खाइपाइ आएको पारिश्रममा करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्युनतम तलब करिब ४० हजारदेखि रु १ लाखमाथि कायम हुने उनको भनाइ छ ।
नयाँ तलब स्केल साउन १ बाट लागु हुनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।