विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्।
श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्ष समेत रहेका साम्पाङले आफूमा समाहित हुन बुधबार घिसिङलाई निमन्त्रणा पठाएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्।
देशका ठूला राजनीतिक दल र तिनका शीर्ष नेताहरू स्वार्थका लागि मिल्न सक्ने तर वैकल्पिक शक्तिहरू एकजुट हुन नसक्नु दुखद रहेको भन्दै उनले एकताको आह्वान गरेका हुन्। साम्पाङले फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? यस्तो नि हुन्छ ? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’
पछिल्लो समय साम्पाङले आफ्नो पार्टीलाई विस्तार गर्ने र साना तथा वैकल्पिक शक्तिहरूलाई गोलबन्द गर्ने अभियान चलाइरहेका छन्। यसअघि उनले सुदन किरातीको समूहलाई आफ्नो पार्टीमा समाहित गरिसकेका छन्।
विद्युत् प्राधिकरणका पुर्ब प्रबन्ध निर्देशक समेत रहेका कुलमानको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीलाई आफ्नो विचार र अभियानमा जोडेर अघि बढ्ने लक्ष्य साम्पाङले राखेका छन्।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।