विराटनगर— विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै एक युवक बुधबार दिउँसो रङ्गेहात पक्राउ परेका छन् ।
अस्पतालको ओपीडी भवनको पहिलो तलामा रहेको प्रयोगशाला (ल्याब) मा खटिएकी एक महिला स्वास्थ्यकर्मीको ‘आइफोन’ चोरी गर्दै गर्दा उदयपुरका २५ वर्षीय प्रेम विक पक्राउ परेका हुन् । मोबाइल हात पारेर भाग्नै लाग्दा अस्पतालका कर्मचारीहरूले उनलाई फेला पारेर नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका विकलाई तत्काल अस्पताल परिसरमै रहेको प्रहरी बिटको जिम्मा लगाइएको थियो । अस्पताल प्रशासनका अनुसार उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय विराटनगर पठाइएको छ ।
अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीको भिडभाड हुने समयमा सामान चोरी हुने गुनासो आउने गरेकोमा बुधबार युवक रङ्गेहात समातिएका हुन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।