लोड हुँदैछ...

मेनु

कोशी प्रदेश सभामा लफडाः

राजेन्द्र राई भन्छन्, ‘बोल्न रोष्ट्रममा गएको प्रहरीले दिएन’

राजेन्द्र राई भन्छन्, ‘बोल्न रोष्ट्रममा गएको प्रहरीले दिएन’

विराटनगर । कोशी प्रदेश सभाको बुधबारको बैठक तनावमय बन्यो । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीको असहमति र सभामुखको कार्यशैलीप्रति आक्रोश पोख्ने क्रममा पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र राईले रोस्ट्रममै पुगेर कब्जा गर्ने प्रयास गरे ।

विपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि राई रोस्ट्रममा चढेर माइक तान्ने र फाल्ने प्रयास गरेका थिए ।

सो घटनापछि कुरा गर्दै राईले आफ्नो आक्रोश थाम्न नसकेको र आफू ‘हनुमान’ जस्तो शक्तिशाली भएको भए सबै तोडफोड गरिदिने बताएका छन् । तपाईँ रोष्ट्रममा किन जानु भएको हो ? तलैबाट विरोध गर्दा हुँदैनथ्यो भनी सोधेको प्रश्नमा राईले आफू रोष्ट्रमा बोल्नका लागि गएको बताए । ‘होइन, रोष्ट्रममा माथि नै बोल्नु पर्यो, माथि नै अब कुरा पनि राख्ने, अब बोल्ने पनि भनेर गएको । तर, पुलिसले दिएन,’ उनले भने ।

मंगलबार पारित भएको नीति तथा कार्यक्रमको प्रक्रियाप्रति नेकपाको मुख्य आपत्ति छ । विपक्षीले विरोध गर्दागर्दै पनि सभामुखले सर्वसम्मत पारित भएको घोषणा गरेकोमा नेकपाले आपत्ति जनाएका हुन् । ‘सभामुखले सर्वसम्मतले पास भएको होइन, बहुमतले पास भएको हो भनिदिनुप¥यो । धेरै ठुलो कुरा केही छैन । हामीले ७२ घण्टाको समय मागेको थियौँ, त्यसमा सम्झौता गरेर जाँदा पनि उहाँले सर्वसम्मत भन्नुभयो, जुन झुट हो,’ राईले भने, ‘हामीले त विपक्षमा मतदान गरेका थियौँ, संशोधन हाल्ने थियौँ । मुख्यमन्त्रीले बोलेको कुरामा फेरि बोल्न पाइन्थ्यो, तर त्यो ठाउँ दिइएन । सभामुखले नै बहुमतले पास भएको हो सर्वसम्मतीले होइन भनी घोषणा गरिदिनुपर्छ ।’

बुधबारको बैठकमा राजेन्द्र राईले रोस्ट्रममा पुगेर पछि बैठक केही समयका लागि स्थगित गरिएको थियो । अहिले उक्त विषयमा सभामुखले सबै दलसँग परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।